नियम ४२
बालबालिकाको गोपनीयता
बाल सुधार गृहले बालबालिकाको गोपनीयताको संरक्षणको लागि देहाय बमोजिम गोपनीयता कायम गर्नु पर्नेछ:-

(क) बालबालिकाको हित विपरीत निजको तस्बिर सार्वजनिक वा प्रचार प्रसार नगर्ने,

(ख) कसैको . व्यावसायिक लाभका लागि बालबालिकाको तस्बिर वा स्वर वा चित्रको प्रयोग हुन नदिने तथा नगर्ने व्यवस्था मिलाउने,

(ग) बालबालिकाको व्यक्तिगत विवरणका कागजपत्र गोप्य र सुरक्षितरूपमा राख्ने व्यवस्था गर्ने,

(घ) ८ बालबालिकाको व्यक्तिगत परिचय र पहिचान सञ्चार माध्यममा सार्वजनिक हुन नदिने,

(ङ) अनुगमन गर्ने निकाय वा पदाधिकारीले बालबालिकाको पहिचान खुल्ने विवरण वा सूचना बालबालिकाको हित विरूद्ध प्रयोग नगर्ने।